अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा बस दुर्घटना तीन जनाको मृत्यू,१० जना घाइते

सर्लाहीमा बस दुर्घटना तीन जनाको मृत्यू,१० जना घाइते


काठमाडौं-सर्लाहीमा दुईवटा सवारी साधन ठोकिँदा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा १० जना घाइते भएका प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान ६ बजेतिर यात्रु बस र भारतीय मालबाहक लरी आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिनुभयो।
‘दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। झण्डै १० जना घाइते भएका छन्,’ गिरी भन्नुभयो, ‘गम्भीर अवस्थाका पाँच जना घाइतेलाई भर्खरै उपचारको लागि वीरगञ्ज पठाइएका छौँ। अन्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।’
भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस रायमाझी चोकमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको गिरीले जानकारी दिनुभयो।

‘तीव्र गतिमा रहेको बस सडकमा ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएको हो,’ गिरीले भन्नुभयो।
दुर्घटनामा रुपन्देही घर भएका हरिबहादुर चौधरी, रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीको मायादेवी गाउँपालिका २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।