अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् सचिवालयका कर्मचारीको माग चाडै नै सम्बोधन गर्छौ: कानुनमन्त्री गिरी

संसद् सचिवालयका कर्मचारीको माग चाडै नै सम्बोधन गर्छौ: कानुनमन्त्री गिरी


काठमाडौँ-संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम कानुन,को संयोजकत्वमा संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय र अर्थ सचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो। 

संसद् भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री गिरीले चाडै यथोचित मागहरू वार्ताबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको कार्यकक्षमा सभामुखज्यू, राष्ट्रियसभाको अध्यक्षज्यू, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ। संघीय संसद्का कर्मचारीहरूले जुन माग उठाएर सेवा सुविधाको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ। उहाँहरूको मागलाई सम्बोधन गरेर संसद्लाई पनि सुचारु गरेर लैजान सन्दर्भमा मैले संयोजन गर्ने गरी संयोजन समिति बनेको छ। त्यसले आजबाट काम सुरु गर्दछ। चाडै नै यो विषय टुङ्ग्याउँछौँ। माग सुन्छौँ र माग सम्बोधन गर्न के सकिन्छ छलफल गरी यथोचित सम्बोधन हुनेछ।’