अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रासस तस्बिर प्रदर्शनीबाट राम्रो सन्देश प्रवाह भएको छः एमाले सचिव भट्ट

रासस तस्बिर प्रदर्शनीबाट राम्रो सन्देश प्रवाह भएको छः एमाले सचिव भट्ट


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव लेखराज भट्टले राष्ट्रिय समाचार समिति (रासस)मा जारी तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ।

गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुहुँदै पूर्वमन्त्रीसमेत रहनुभएका नेता भट्टले यो व्यवस्थामा केही भएन भन्नेका लागि प्रदर्शनीले राम्रो जवाफ दिएको बताउनुभयो।

दुर्गम क्षेत्रका मानिसलाई बिरामी भएका बेला गणतान्त्रिक व्यवस्थाले नै हेलिकप्टरबाट उपचारका लागि लैजाने व्यवस्था गरेका जस्ता सकारात्मक सन्देश दिन प्रदर्शनी सफल भएको उहाँले बताउनुभयो। ‘यहाँ गेटा मेडिकल कलेजजस्ता ठूला संरचनादेखि उच्च पहाडी क्षेत्रमा सडक पहुँच, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि पूर्वाधारलगायत तस्बिर रहेको प्रदर्शनीले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल छ। यो गणतन्त्रमा केही भएन, विकल्प खोज्नुपर्छ भन्नेका लागि पनि यो गतिलो जवाफ हो’, सचिव भट्टले भन्नुभयो।

गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी परिचालन, छिमेकी तथा अन्य मित्रराष्ट्रसमेतको सहयोगमा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनासँग सम्बन्धित तस्बिर समावेश छन्। विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएको संरचनाको पुनःनिर्माण, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा राससबाट विभिन्न समयमा सम्प्रेषित ९५ तस्बिर प्रदर्शनीमा राखिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।