अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आगामी तीन दिन दिन ठाउँ ठाउँमा भारी वर्षा हुने, आजको अवस्था के छ ?

आगामी तीन दिन दिन ठाउँ ठाउँमा भारी वर्षा हुने, आजको अवस्था के छ ?


काठमाडौं -अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशके पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। त्यसैगरी देशका बाँकी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।