अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जंगली च्याउ खाँदा मकवानपुरमा घरमुलीको मृत्यु,परिवारका चारजना सदस्यको अवस्था गम्भिर

जंगली च्याउ खाँदा मकवानपुरमा घरमुलीको मृत्यु,परिवारका चारजना सदस्यको अवस्था गम्भिर


काठमाडौं- मकवानपुरमा जंगली च्याउको तरकारी पकाएर खाँदा घर मुलीको मृत्यु भएको छ। सँगै खाना खाएका एकै परिवारका अन्य चारजना गम्भीर बिरामी परेका छन्।
राक्सिराङ गाउँपालिका ७ दगुबाङका बलबहादुर चेपाङको जंगली च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शनिबार साँझको खानामा उनीहरुले जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए । च्याउको तरकारी खाएका घरमुली ४५ वर्षीय दलबहादुर चेपाङको आइतबार दिउँसो मृत्यु भएको राक्सिराङ९७ का वडाध्यक्ष रामबहादुर चेपाङले जानकारी दिनुभयो।

गम्भीर अवस्थाका दलबहादुरलाई उपचारका लागि चितवनको भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। सँगै खाना खाएकी दलबहादुरकी श्रीमती ४५ वर्षीया जालीमाया, छोरीहरु १५ वर्षीया रेञ्जु, ८ वर्षीया सिवना र १० वर्षीया छोरा सुशीलको अवस्था गम्भीर छ। उनीहरूको चितवनको भरतपुर अस्मापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचारमा ढिलाई गर्दा बलबहादुरको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।