अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरू

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरू


काठमाडौँ-नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौँमा सुरु भएको छ ।

राजधानीमा सुरु बैठकमा भाग लिनका लागि चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ आइतबार नै काठमाडौँ आइपुगेका छन् ।

बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साले गर्नुभएको छ भने चिनियाँ टोलीको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गर्नुभएको छ।