अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रमुख सुनिता डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता

उपप्रमुख सुनिता डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता


काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताउनु भएको छ।

ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधि मण्डलसँग भेट गर्दै उपप्रमुख डंगोलले यस विषयमा जानकारी गराउनु भएको हो।

‘काठमाडौं ल्हासाको अनौपचारिक सम्बन्ध काठमाडौँमा मानव बसोबास सुरु भए देखिको हो। यहाँका आदिवासी नेवार समुदायले ल्हासाबाट सुनसहित अन्य सामान ल्याएर व्यापार गर्थे’ उहाँले भन्नुभयो, ‘कोविड-१९ को महामारीले आफैँ संकटमा परेका बेला हाम्रो संकट व्यवस्थापन गर्न प्राप्त सहयोगले जनताको स्वास्थ्योपचारमा काम गर्न पाइयो। यसरी दुई नगरबीचको सम्बन्धको लाभ महानगरबासी स्तरमा पुगेको छ।’

ल्हासा र काठमाडौँको समन्ध, इतिहास कालदेखि कै हो । भेटका क्रममा ल्हासा नगरका अन्तरराष्ट्रिय मामिला प्रमुखले भन्नुभयो ‘अनौपचारिक सम्बन्ध भएको समयभन्दा औपचारिक सम्बन्ध भएको समयलाई थप आत्मीय र गाढा बनाउन चाहन्छौँ ।’ भेटका क्रममा उहाँले, दुई नगरबीच अटुट सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो।

काठमाडौँ महानगरपालिकाबाट पनि समय समयमा प्रतिनिधि मण्डलले ल्हासाको सहरी विकास तथा व्यवस्थापनको अवलोकन भ्रमण गरेका छन् । यस पटकको भ्रमण प्रतिनिधि मण्डलले ल्हासाले उपलब्ध गराएका स्वास्थ्य उपकरण प्रयोग भएका अस्पतालमा अवलोकन गरेको छ। यस क्रममा सामान तथा उपकरणको उपयोग र यसबाट जनसाधारणमा परेको लाभका विषयमा जानकारी लिएको छ।