अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौँ उपत्यकामा २४ घण्टादेखि वर्षा जारी

काठमाडौँ उपत्यकामा २४ घण्टादेखि वर्षा जारी


काठमाडौं-देशभरका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि वर्षा जारी छ। यस क्रममा २४ घण्टादेखि काठमाडौँ उपत्यकाका पनि विभिन्न स्थानमा भारी भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो। 

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्। 

यसैगरी ललितपुरकै गोदावारीमा ९५ मिलिमिटर, काठमाडौँको नैकापमा ८६ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा ८५.६ मिलिमिटर, ललितपुरको टीकाथलीमा ६७.६ मिलिमिटर, काठमाडौँको पानीपोखरीमा ६१.२ मिलिमिटर, काठमाडौँकै बबरमहलमा ५८.४ मिलिमिटर र  काठमाडौँकै धापड्याममा ५७ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।