अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोमा परी उदयपुरमा एक जनाको मृत्यु, दुईजना घाइते

पहिरोमा परी उदयपुरमा एक जनाको मृत्यु, दुईजना घाइते


उदयपुर-गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका-१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन्।