अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोमा परी उदयपुरमा एक जनाको मृत्यु, दुईजना घाइते

पहिरोमा परी उदयपुरमा एक जनाको मृत्यु, दुईजना घाइते


उदयपुर-गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका-१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन्।

Skip This