अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस-एमाले एक ठाउँ हुँदा अर्थतन्त्र बलियो हुन्छ: डा. शेखर कोइराला

कांग्रेस-एमाले एक ठाउँ हुँदा अर्थतन्त्र बलियो हुन्छ: डा. शेखर कोइराला


काठमाडौं-नेपाली कांग्रेसका नेता डा.‍‍‍ शेखर कोइरालाले आजभोलि शिक्षाको अवस्था निकै नाजुक रहेको बताउनुभएकाे छ।

मंगलबार खगेन्द्र न्यू लाइफ एजुकेशन सेकेन्ड्रि स्कुल जोरपाटीले आयोजना गरेको अपाङ्गता विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति र अन्य छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताउनुभएकाे हाे।

नेता कोइराला भन्नुभयाे, ‘शिक्षाको कुरा अहिले सबैलाई थाहा छ, हामी कस्तो शिक्षाबाट गुज्रिरहेका छौं,यस्तो नाजुक अवस्थामा पनि धेरै विद्यार्थीहरूले एसईईमा राम्रो नतिजा लिएर  पास हुनु भएको छ।’

साथै उहाँले अहिले देशमा शिक्षा मात्र होइन राजनीतिमा पनि के हुँदैछ भन्ने जनमानसको चासो रहेको बताउनुभयाे। यसैबीच नेता कोइरालाले दुईटा ठूला दल कांग्रेस र एमाले मिलेर आलोपालो गरेर सरकारमा जाने निर्णय गरेको पनि बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन।’

अब अर्थतन्त्रलाई  अगाडि बढाउने हिसावले दुई दल कांग्रेस र एमाले मिलेको उहाँले बताउनु भयो।