अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो


भोजपुर-अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङामा सडक भासिएको छ। भोजपुर-चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले राससलाई बताउनुभयो। उक्त स्थानमा आज बिहान सडक  भासिएको हो। ‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’, उपाध्यक्ष राईले भन्नुभयो,“सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ।’