अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीद्वारा बस दुर्घटनाप्रति दुःख व्यक्त

अध्यक्ष ओलीद्वारा बस दुर्घटनाप्रति दुःख व्यक्त


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिशूली नदीमा बस खसेर यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत हिजो पहिरोले त्रिशूली नदीमा दुईवटा बस खसेर यात्रुहरू बेपत्ता भएकोप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धारमा लाग्न आग्रह गर्नुभएको हो।

उहँले आफू सुरक्षित हुँदै उद्धारमा लाग्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

गएराति नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई यात्रुवाहक बसलाई पहिराले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता भएका छन्।