अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनआन्दोलनका घाइते सहसचिव कुँवर प्रधानमन्त्रीको निजी सचिव

जनआन्दोलनका घाइते सहसचिव कुँवर प्रधानमन्त्रीको निजी सचिव


काठमाडौं- करिब एक दर्जन सहसचिव र आधा दर्जन उपसचिवलाई उछिन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवरको सरुवा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या जनसंख्या महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा सुरुवा गर्नु भएको छ । ओली यस अघि प्रधानमन्त्री भएका बखत पनि कुँवर सोही जिम्मेवारीमा हुनुहुन्थ्यो । आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशकको जिम्मेवारीमा रहनु भएका कुँवर तीनवर्ष गण्डकी प्रदेश मन्त्रालयको सचिवको भूमिकामा हुनुहुन्थ्यो ।
२०६२ ०६३ सालको जनआन्दोलनका बेला सिंहदरबार कर्मचारीले गरेको आन्दोलनको नेतृत्व कुँवरले गर्नु भएको थियो । जनआन्दोलन दबाउनका लागि प्रहरीले हानेको गोली लागेर कुँवर घाइते हुनु भएको थियो ।