अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘लेबाल त्रिरत्न पुरस्कार’ शिक्षाविद् प्राडा विद्यानाथ कोइरालालाई

‘लेबाल त्रिरत्न पुरस्कार’ शिक्षाविद् प्राडा विद्यानाथ कोइरालालाई


काठमाडौँ-नेपाली शिक्षा परिषद्ले लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्राडा विद्यानाथ कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ। परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा शनिबार बसेको नेपाली शिक्षा परिषद् प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो।

पुरस्कार परिषद्को ७४ औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको ११२ औँ जयन्तीका अवसरमा यही साउन ३२ गते प्रदान गरिनेछ। पुरस्कारको राशि १ लाख १ हजार १०१ रुपैयाँ रहेको छ। यो पुरस्कार कविशिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित गरिएको हो।