अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड बैठक अहिले जारी छ । केही प्राविधिक समस्या नआए आजै नतिजा आउने बोर्डले जनाएको छ।

प्राविधिक समस्या वा भइपरी आएमा आइतबार भित्र नतिजा सार्वजनिक हुने बुझिएको छ।

वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।