पोखरा-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताउनु भएको छ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियता वादी विचारले मात्र नहुने बताउनु भयो।
‘विद्यालय शिक्षा ऐन विचाराधीन छ। संसदमा छलफल चलिराखेको छ। शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड त्यसले बनाइसकेको छ,’ उहाँले भन्नुभयो, ‘यदि शिक्षकहरू आरोपित हुँदाखेरि हामीसँग छुट्टाछुट्टै ऐनहरू छँदैछन्। यी ऐनहरूमार्फत उहाँहरू कारबाहीमा पर्ने आधारहरू अलरेडी छन्। भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ ।’
मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्नु गलत भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘तर, शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, बेठिक हुन् भन्ने तिनै शिक्षकहरूले विद्यालय धान्न पर्ने कुराले मलाई लाग्छ हामीले खोजेको गुणस्तरीयता पाउन सकिँदैन। लोकप्रियता वादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन । हामी लोकप्रिय पनि हुनुपर्छ। व्यवहारिक पनि हुनुपर्छ।’
अदालतमा विचाराधीन भएका कारण शिक्षक निर्देशिका चलाउने नसकिएको मन्त्री भट्टराईले बताउनु भयो। ‘शिक्षक निर्देशिका अदालतमा छ। अदालतमा विचाराधीन भएको कुरा अहिलेको मन्त्रीले खण्डन गरेर जान त सकिँदैन । मैले अदालतको परमादेश पर्खेर बसेको छु। त्यो अदालतमा भएको कारण मैले केही पनि गर्न सकेको छैन,’ उहाँले भन्नभयो, ‘अदालतले एउटा आदेश दिएपछि त्यसलाई के गर्ने भन्ने सवाफमा अगाडि बढ्छु।’
प्रतिक्रिया