काठमाडौँ-संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ।
मंगलबार नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनीहरूविरुद्ध उजुरी दिन आह्वान गरेको हो।
समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बताउनुभयो । उहाँले भोलिको पत्रिकामा सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने तथा त्यसैको आधारमा उजुरी दिन सकिने उहाँले बताउनुभयो।
परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो। सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो।
सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो।






प्रतिक्रिया