काठमाडौं-चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको आवेदन परेको छ। फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापामगरले आवेदन दिनुभएको हो।
डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष हुन् ।
राजेशकुमार थापा सांस्कृतिक संस्थानको पूर्वप्रबन्ध निर्देशक तथा एमाले निकट जनसांस्कृतिक महासंघका सदस्य हुन्। अभिनेत्री करिश्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृतिक विभागमा सदस्य तथा फिल्म अभिनेत्री हुन्।
अध्यक्ष पदका लागि आवेदन दिने मिति बुधबार सकिंदैछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन भर्न भनेको थियो।




प्रतिक्रिया