अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदाचार नीतिका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिवद्ध: कानूनमन्त्री चौरसिया

सदाचार नीतिका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिवद्ध: कानूनमन्त्री चौरसिया


काठमाडौँ-कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ।

मङ्गलबार सङ्घीय संसद, राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री चौरसियाले मुलुकमा नैतिक मूल्य र मान्यतालाई स्थापित गराउन आफू जस्तोसुकै कडा कानुन बनाउन पनि तयार रहेको पनि स्पष्ट पार्नुभयो । राष्ट्र निर्माणका लागि सबभन्दा आवश्यक तत्त्व सदाचार नीति भएको उल्लेख गर्नुहुँदै मन्त्री चौरसियाले त्यसलाई अघि बढाउने गरी बहसको सुरुवात गर्न पनि सांसदहरुलाई आग्रह गर्नुभयो।

उहाँले भ्रष्ट र ठगहरुलाई बल दिने गलत अभ्यासको अन्त्य हुनेगरी विद्यालय तहको पाठयक्रममा नै नैतिक शिक्षाको पठनपाठन हुने व्यवस्था फेरि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।