नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारबाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री ओलीले मेहनत गरेको देख्दा धेरै खुसी लागेको बताउनु भएको छ। मन्त्रीहरूलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने उहाँले बताउनु भयो।

कामको आधारमा मन्त्रीहरूको प्रशंसा र आलोचना दुवै गर्ने पनि उहाँले जिकिर गर्नुभयो। ‘प्रधानमन्त्रीले मेहनत गरेको देखिराखेको छु। खुसी लागेको छ। मन्त्रीजीहरूले सुरुमा खादामाला लगाउनुभएको भए पनि विस्तारै विस्तारै कार्य योजनाहरू बनाइ राख्नुभएको छ,’ महामन्त्री थापाले भन्नुभयो, ‘सुरुसुरुमा त्यस्तै हुन्छ। हामीलाई पनि त्यही थियो। तर मेरो अनुभव छ। यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ। यो समय भनेको सानो समय होइन।’
मन्त्रीहरूले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए। मन्त्रीहरूलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव उहाँले दिनुभयो।





प्रतिक्रिया