काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता कार्यालय पुगेर अवालोकन गर्नुभएको छ।
महान्यायाधिवक्ता रमेश बडालको नियुक्तिपछि प्रधानमन्त्री ओली पहिलो पटक सरकारी वकिलको मुख्यालय (महान्यायाधिवक्ता कार्यालय)को अवालोकन गर्नुभएको हो। महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो। सरकार परिवर्तनसँगै महान्यायाधिवक्ता पनि परिवर्तन हुने अभ्यास रहेको छ।
सरकारवादी भएका मुद्दाहरू महान्यायाधिवक्ता कार्यालय मातहत रहेका सरकारी वकिलहरूले प्रतिरक्षा गर्दछन् । जिल्ला तहमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारवादी मुद्दाको प्रतिरक्षा गर्दछ भने उच्च अदालत तहमा उच्च सरकारी वकिल कार्यालय रहेका हुन्छ ।







प्रतिक्रिया