अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीको तलब समायोजनबारे छलफल भइरहेको छ: प्रधानमन्त्री ओली

कर्मचारीको तलब समायोजनबारे छलफल भइरहेको छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब समायोजनको तयारी भइरहेको बताउनु भएको छ।

सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै कर्मचारीको तलब समायोजनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री ओलीले बताउनु भएको हो।

२०८१ साउन २९ गते मंगलबार महान्यायाधिवक्ता कार्यालयको अवलोकन भ्रमणका क्रममा आयोजित कार्यक्रममा उहाँले तलब समायोजनको प्रसंग निकाल्नु भएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि तलब वृद्धिका विषयमा छलफल भएको थियो। सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार फरक रहेको तलबमानमा एकरुपता कायम गर्न आदेश दिएको छ। अदालतको आदेश अनुसार साउन १ गतेदेखि नै लागू हुने गरी तलबमान समायोजन गर्ने तयारी सरकारले गरेको छ। समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश आदेश जरी गरेको थियो। 

आदेश अनुसार निजामती सेवाका राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुनेछ।