अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिक मन्त्री दाहालसँग स्विट्जरल्याण्डका राजदूत मोन्टेलोनेको शिष्टाचार भेट

भौतिक मन्त्री दाहालसँग स्विट्जरल्याण्डका राजदूत मोन्टेलोनेको शिष्टाचार भेट

नेपालको शान्ति प्रकृया सह्रायिन: स्विस राजदूतत मोन्टेलोने


काठमाडौं-नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ। विहिबार मन्त्रालयमा पुगेर राजदूत मोन्टेलोनेले भौतिक मन्त्री दाहालसँग द्विपक्षीय हितका बारेमा कुरा गर्नुभएको हो।

भेटमा स्विस राजदूत मोन्टेलोनेले दुई देश बीचको ६ दशक भन्दा लामो कुटनीतिक सम्बन्ध दर्विलो र सद्भावपूर्ण रहेको बताउनुभयो। लामोसाँघु जिरी सडक, अरनीको राजमार्ग निर्माण तथा स्तरोन्नती जस्ता कार्य दुई देश बीचको सम्बन्धको कोशेढुंगाको रुपमा रहेको उहाँले स्मरण गर्नुभयो।

नेपालको बदलिएको परिवेश र आवश्यकताका आधारमा आफ्नो देशले नेपाललाई गर्ने सहयोग र सहकार्यको स्वरुप फैर्दै लगेको भन्दै उहाँले निर्माण कार्यमा प्रत्यक्ष सहयोग मात्र नभई सुरुङ निर्माण तथा अन्य प्राविधिक क्षेत्रमा शिप र ज्ञान हस्तान्तरणका लागि तयार रहेको उल्लेख गर्नुभयो। नेपालको शान्ति प्रक्रिया, संविधान लेखन तथा कार्यान्यवन सह्रायिन रहेको उल्लेख गर्दै राजदूत मोन्टेलोनेले आगामी दिनमा सहयोग र सहकार्यका लागि स्विट्जरल्याण्ड तयार रहेको पनि बताउनुभयो।


त्यस क्रममा मन्त्री दाहालले थोरै जनसंख्या भए पनि स्विट्जरल्याण्डले विकाश तथा प्रविधिका क्षेत्रमा गरेको प्रगती प्रति बधाई ज्ञापन गर्नु भयो। यस्तै नेपालको भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा गरेको योगदानप्रति आधार व्यक्त गर्दै मन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया, कोभिड महामारी, भूकम्प जस्ता विशेष अवस्थामा पुर्याएको योगदानको पनि स्मरण गर्नुभयो। नेपालको शान्ति प्रक्रियाका लागि महत्वपूर्ण मानिएको ‘टीआरी’ विधेयक पास भइसकेको जनाउँदै मन्त्री दाहालले यसले नेपालको शान्ति प्रक्रियामा टुङ्गोमा पुर्‍याउने र अब नेपालको विकास र समृद्धीको गति लिने पनि बताउनुभयो। भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा मन्त्रालयका अन्य अधकारीहरुको पनि उपस्थिति रहेको थियो।