अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ बनाउँदै राधिका शाक्य (भिडियोसहित)

बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ बनाउँदै राधिका शाक्य (भिडियोसहित)


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई ‘पिपुल्स लाइब्रेरी’ बनाउने प्रस्ताव शाक्यले गर्नुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक भन्नुभएको छ।

‘त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ। लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ। तपाईँहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ।

पुस्तकालयका लागि शाक्यले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्टाउने बताउनु भएको छ।