अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता


काठमाडौं-प्रधामन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर.  बर्माबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधामन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अमेरिकी दूतावासका अनुसार, शुक्रबार बिहान बर्मा नेपाल आइपुग्नु भएको हो। उहाँलाई अमेरिकी राजदूत डिन थम्पनले स्वागत गर्नुभयो।

भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ।

उहाँले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।