अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमण जाँदै

परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमण जाँदै


काठमाडौं-परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी चार दिन लामो भारत जान लागेकी हुन्। परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमणमा जान लाग्नुभयो। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा चार दिन लामो भारत जान लाग्नु भएको हो।
राणा आज बिहान ११ः३० बजे भारत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतको औपचारिक भ्रमणमा उहाँले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ।

परराष्ट्रमन्त्री राणाको भ्रमणलाई उच्च प्राथमिकतामा राखेको संकेत नयाँ दिल्लीले दिएको छ। मन्त्री राणाको भ्रमणको पूर्व सन्ध्यामा विज्ञप्ती जारी गर्दै नयाँदिल्लीले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित गरेको छ।

नयाँ दिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग राणाको भेटघाटको प्रबन्ध मिलाइने बचन पनि दिएका छन्। यसअघि उपचारको सिलसिलामा राणा नयाँदिल्ली जाने योजनामा रहेपनि उहाँको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाउनु भएको थियो।

भारतीय विदेशमन्त्री डा। जयशंकरसँग मन्त्री राणाको सोमबार भेटवार्ता हुने बताइएको छ।