अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ललिता निवाससँग मीनबहादुरले दिएको जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल

ललिता निवाससँग मीनबहादुरले दिएको जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्यवसायी मीनबहादुर गुरुङ जोडिएको बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणसँग एमालेलाई दान दिएको कीर्तिपुरको जग्गासँग कुनै साइनो नभएको प्रष्ट पानुभएको छ।

बाँकेको कोहलपुरमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी कार्यालय बनाउन जग्गा चाहिएकाले गुरुङसँग १० रोपनी १४ आना जग्गा एमालेले सहर्ष स्वीकार गरेको बताउनु भएको हो।

व्यवसायी गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको महासचिव पोखरेलले बताउनु भयो। उहाँले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताउनु भयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘उद्योगी मीनबहादुर गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो छैन। उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ।’

व्यवसायी मीनबहादुर र एमालेलाई कमजोर बनाउन चाहने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको उहाँले आराेप लगाउनु भयो।