अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द


मकवानपुर-कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताउनुभयो।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ।