अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विष्णु रिजालको टीप्पणी: रवि लाामिछाने पक्राउ पर्दा चाहिं के आकाश खस्छ ?

विष्णु रिजालको टीप्पणी: रवि लाामिछाने पक्राउ पर्दा चाहिं के आकाश खस्छ ?


काठमाडौं-नेकपा एमालेका नेता विष्णु रिजालले  सरकार मरेको होइन, सक्रिय भएको बताउनु भएको छ। नेता रिजाल सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा बताउनु भएको हो।

नेता रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लाामिछानेविरुद्ध पक्राउ पर्दैमा आकाश नखस्ने बताउनु भएकाे छ। उहाँले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘रवि लीमिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ। गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन। रविजी पक्राउ पर्दा चाहिं के आकाश खस्छ ? कानुनलाई सघाउनूस्, ६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय दिइहाल्छ नि !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन्। काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ।

सभापति लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, वनस्थली पुगिसकेको छ। लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो।