अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी

रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी


काठमाडौँ-पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो।

जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो।  जिल्ला जिल्लाले  पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसँगै विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र  कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालतसमक्ष पक्राउ अनुमति माग गरेको थियो।

प्रहरीको मागअनुसार उनीहरुसँग बयान लगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ।