अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय (सूचीसहित)


काठमाडौं-शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् आइतबार ती निर्णय सार्वजनिक गर्नुभएको हो।

बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहार स्वरुप चितवन राष्ट्रिय निकुञ्जको हात्तिसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरीक उड्डयन प्रणालीको विकास गर्न एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्यशर्त स्वीकृत गर्ने निर्णय गरेको छ।