अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद् सचिवालयका कर्मचारीको क्षमता बढाउन जरुरी छ: सभामुख घिमिरे

संसद् सचिवालयका कर्मचारीको क्षमता बढाउन जरुरी छ: सभामुख घिमिरे


काठमाडौँ-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन संसद् सचिवालयका कर्मचारीहरूको क्षमता बढाउन जरुरी रहेको बताउनु भएको छ।

शुक्रवार सिंहदरबारमा १८औँ संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरूको व्यावहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान बढाउनुपर्ने बताउनु भएको हो।

सभामुख घिमिरेले विश्वव्यापी रूपमा देखापरेका चुनौतीको सामना गर्दै अगाडि जान वृद्धि विकास मात्र नभई रचनात्मक ढंगबाट परिचालन गर्न जरुरी रहेको बताउनु भयो। संघीय संसद्को प्रभावकारिताका विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो।

सभामुख घिमिरेले भन्नुभयो‚ ‘संसद् सेवा प्रभावकारी बनाउन हामीले कर्मचारीको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ। चाहे प्राज्ञिक वा दार्शनिक वा व्यावहारिक क्षमता होस्।’