अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण: जेठो छोराद्वारा आत्मसमर्पण

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण: जेठो छोराद्वारा आत्मसमर्पण


काठमाडौं-भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेको आरोप लागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य थिएनन्। गत शनिवार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए। हत्या मिलनले गरेको आशंकासहित प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

मिलन कुलप्रसादका जेठा छोरा हुन्। २५ वर्षीय मिलन मंगलबार बिहान आफैं महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख एसपी माधव बुढाथोकीले भन्नुभयो, ‘उहाँ (मिलन) हाम्रो सम्पर्कमा आउनुभएको छ। जिल्ला प्रहरी परिसरमा ल्याउँदै छौँ।’

बुवा र भाइको ‘हत्या मैँले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्। प्रहरीमा आत्मसमर्पण गर्दै मिलनले भनेका छन्, ‘भाइ र बुवालाई मैले हत्या गरेको हुँ ।’

भक्तपुरको बालकोटमा मृत भेटिएका बाबुछोराको हत्या शनिबार राति नै भएको खुलेको र त्यसमा मिलन संलग्न रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।