उदयपुरको रौतामाई गाउँपालिका वडा-७ स्थित रानीधारा वन सामुदायिक क्षेत्रको धारापानीमा सुख्खा पहिरोका कारण विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । सुख्खा पहिरको कारण बाटो अवरुद्ध छ ।
हिजो दिउँसो ४ बजेदेखि रौतामाई गाउँपालिका वडा-७ स्थित रानीधारा वन सामुदायिक क्षेत्रको धारापानीमा सुख्खा पहिरो गइरहेको हुनाले विद्यार्थीहरु विद्यालय आउन नसकेको जनता मावि रौतारानीबास विद्यालयका प्रअ शेरबहादुर मगरले जानकारी दिनुभयो ।
प्रअ मगरले भन्नुभयो, ‘हिजो दिउँसो ४ बजेदेखि रानीधारा वन सामुदायिक क्षेत्रको धारापानीमा सुख्खा पहिरो गइरहेको छ। पहिरोको कारण बाटो अवरुद्ध छ। पहिरोको कारणले रौतामाई गाउँपालिका वडा–७ दुम्म्रीथुम्काबाट विद्यार्थीहरु विद्यालय आउन सकेको छैन।’
प्रतिक्रिया