अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारले समाजको हरेक क्षेत्रमा प्रभाव पार्ने गरी काम गर्नुपर्छ: भानुभक्त ढकाल

पत्रकारले समाजको हरेक क्षेत्रमा प्रभाव पार्ने गरी काम गर्नुपर्छ: भानुभक्त ढकाल

पूर्वराजा नागरिक भएर राजनीति गर्ने हो भने दल खोलेर राजनीतिमा आउन सक्नु हुन्छ


काठमाडौं-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ।

बुधबार प्रेस चौतारी नेपाल प्रदेश प्रतिष्ठान समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले सम्मेलन, अधिवेशन र महाधिवेशनमा पत्रकार देखिने अघिपछि हराउने कुरा अन्त्य हुनु पर्नेमा जोड दिनुभयो। पत्रकारले समाजको हरेक क्षेत्रमा प्रभाव पार्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

आन्दोलन सबै मिलेर गर्नुपर्ने बताउँदै नेता ढकालले यो साझा अभियान भएको स्पष्ट पार्नुभयो। ‘आन्दोलन सबै मिलेर गर्ने हो, यो साझा अभियान हो’, नेता ढकालले भन्नुभयो।

नेता ढकालले सत्ता साझेदार राजनीतिक दल र त्यसका भातृ संगठन बिच स्वच्छ र मर्यादित प्रतिस्पर्धा हुनुपर्नेमा नेता ढकालले जोड दिनुभयो। चुनावमा एक दुई सिट हार जित हुँदा केही फरक नपर्ने बताउँदै उहाँले निर्वाचन अनुशासित र मर्यादित हुनु पर्ने नेता ढकालले स्पष्ट पार्नुभयो। यस्ता विषयको सञ्चार क्षेत्रले उठान गरिदियो भने सकारात्मक प्रभाव पार्ने उहाँको धारणा छ। ‘मुलुकको राष्ट्रिय राजनीतिलाई सङ्लो बनाउन यसले योगदान गर्दछ’, नेता ढकालले भन्नुभयो।

अहिलेको सकरकार संसद्को बनावटको हिसाबले बलियो सरकार भएको उहाँले बताउनुभयो। यही बलियो सरकार भएको बेलामा नागरिकका हित अनुकूल कानुन बनाउनु पर्नेमा नेता ढकालले जोड दिनुभयो।

अध्यादेश आउने कुरा संविधानसम्मत नै भएको बताउँदै उहाँले यो सरकारले के के न गरेको हो भनेर हाउगुजी बनाउने बनाउने विषय नभएको नेता ढकालले स्पष्ट पार्नुभयो। अध्यादेशमा केही कमी कमजोरी छन् भने त्यसमा छलफल गरे अघि बढाउन सकिने नेता ढकालले बताउनुभयो। ‘विषयलाई राम्रो बनाएर अनुकूल बनाउने भन्दा पनि सरकारको आलोचना गर्ने तिर समाज नजाओस् भन्ने कुरामा सञ्चार माध्यमले ध्यान देओस्, बलियो सरकार छ, सबैले सहयोग गरौँ, हाम्रा अप्ठेरा पनि टर्छन्, सरकार पनि सच्चिएर अघि बढ्छ’, नेता ढकालले भन्नुभयो ।

अहिले समाजमा एक खालको अस्थिरता र अराजकता मच्चाउने व्यक्ति र शक्ति एक ठाउँमा उभिएका उहाँले बताउनुभयो। समाज एउटा गतिमा अघि बढिसकेपछि फेरी पछाडि फर्कन सक्दैन भन्ने कुरा राजावादीलाई नबिर्सन उहाँले आग्रह गर्नुभयो। ‘पूर्वराजा नागरिक भएर राजनीति गर्ने हो भने दल खोलेर राजनीतिमा आउन सक्नु हुन्छ, तर मुलुक फेरी प्रतिगमन तिर फर्कन्छ कि भन्ने लागेको छ भने त्यो सम्भव छैन’, नेता ढकालले भन्नुभयो ।

यो कुरालाई पत्रकारहरूले अगुवाइ गरेर नागरिकका बिचमा पुर्‍याउनु पर्ने बताउनुभयो । यसले समाजलाई ठिक कुरा बुझ्न सहयोग पुग्ने ढकालको धारणा छ । आँखा देखाउनको लागि यहाँहरूले सचेत अभियान चलाउन आवश्यक छ, मुलुकमा अस्थिरताको आँधीबेहरी चल्ने हो कि चट्याङ पर्ने हो कि भन्ने भ्रम चिर्न यसले सहयोग गर्दछ’, उहाँले भन्नुभयो ।

देश धेरै अगाडि बढेकोले राजतन्त्रको काखमा बसेर आनन्द लिन सकिन्छ कि भन्ने सपना नदेख्न उहाँले आग्रह गर्नुभयो। मरिसकेको राजतन्त्रको काखमा बसेर खेल्ने कुरा अब सपना मात्र भएको उहाँले स्पष्ट भएको ढकालले स्पष्ट पार्नुभयो।
कार्यक्रममा ढकालले प्रेस चौतारी नेपाललाई सङ्ख्यामा मात्र होइन गुणस्तरमा मापन गर्नुपर्ने बताउनुभयो। आफूले आफ्ना बारेमा होइन आफ्ना बारेमा अरूले गर्ने मूल्याङ्कन प्रेस चौतारीका सदस्यले विश्वास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो