अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईईको तयारी पूरा, यो वर्ष कति छन् परीक्षार्थी ?

एसईईको तयारी पूरा, यो वर्ष कति छन् परीक्षार्थी ?


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको जनाएको छ। यही ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको हो।

‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ। जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भन्नभयो। पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३९० कायम भएको छ।

परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए । २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था केन्द्रमा जिल्लास्थित सुरक्षा निकायले मिलाउने छ ।