अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारी फाउन्डेसनको अर्जुनधारा नगर अध्यक्षमा नारायण पराजुली

मदन भण्डारी फाउन्डेसनको अर्जुनधारा नगर अध्यक्षमा नारायण पराजुली


बिर्तामोड-मदन भण्डारी फाउन्डेसनको अर्जुनधारा नगर अधिबेशन सम्पन्न भएको छ। आज नारायण पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो।

फाउन्डेसनको अर्जुनधारा सचिवमा डम्बर घिमिरे तथा कोषाध्यक्षमा गौरिमाया चिमरिया चयन गरिएको छ। यसैगरी सदस्यहरूमा तारा खतिवडा, माधव आचार्य, दिलिप गुरूङ, गजेन्द्र खनाल, सागर घिमिरे र रोशन बस्नेत चयन हुनभएको मदन भण्डारी फाउन्डेसन झापा शाखाका कोषाध्यक्ष गणेश पोखरेलले जानकारी दिनुभयो।

मदन भण्डारी फाउन्डेसनको विधानको व्यवस्था अनुसार नगर कमिटीको कार्यकाल दुई वर्ष रहने छ। फाउण्डेशनले जनताको बहुदलीय जनवाद (जबज)का विशेषतालाई आम नागरिकसम्म पुर्याउने जनाएको छ।