तनहुँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहनुभएका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
भिमाद नगरपालिका-२ जिलाङस्थित थापा निवास पुगेर सञ्चारमन्त्रीले भोविमाया थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरप्रमुख थापाका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्रीले भोविमाया थापाको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। नेकपा एमाले तनहुँकी सङ्गठित सदस्य थापाको ५६ वर्षको उमेरमा गत शनिबार उपचारका क्रममा निधन भएको हो। उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीका साथ नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य विष्णुभक्त सिग्देल लगायत एमाले नेता थापा निवासमा समवेदना व्यक्त गर्न पुग्नुभएको थियो।







प्रतिक्रिया