काठमाडौं-राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यसायी दुर्गा प्रसाईले साेमबार बेलुकी काठमाडौंको टोखाबाट बरामद भएको रु.२५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दाबी गर्नुभएको छ।
आज (बुधबार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गर्नुभएको हो।
प्रसाईले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले लगिरहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘हिजो पक्रिएको पैसा नेता र सुन तस्करको पैसा हो। त्यो माओवादीनिकट एकजना टिविटेनसँग खाने मान्छेको पैसा हो।’
प्रसाईलेले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले लगिरहेको बताउनुभयो । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उहाँले दाबी गर्नुभयो।







प्रतिक्रिया