अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल स्वदेश फिर्ता

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल स्वदेश फिर्ता


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अमेरीकामा सम्पन्न यातायात सम्बन्धि एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर स्वदेश फर्कनु भएको छ।

अमेरीकाको वासिङ्टन डीसीमा मार्च १० देखि विश्व वैंकको आयोजीत ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन गत फागुन २४ गते मन्त्री दाहाल नेतृत्वको टोलि त्यस तर्फ गएको थियो।

मन्त्री दाहाल विश्व वैंकको प्रधान कार्यालयमा ‘सस्टेनेवल ट्रान्सपोर्ट मिनिष्टेरीयल राउण्ड टेवल’ को उद्घाटन शत्र तथा ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन’ मा नेपालको नेतृत्व गर्दै सहभागी हुनु भयो। उक्त कार्यक्रमलाई संवोधन गर्दै मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय दृष्टिकोणको महत्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकता बारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्नु भएको थियो ।

सडक सञ्जालको सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उहाँले, ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारी साधनको लागत न्यूनतम राख्ने, र छोटा सडक सञ्जालको स्तरोन्नति गर्ने योजनाहरु प्रस्तुत् गर्नु भएको थियो।

यस्तै मन्त्री दाहाल अमेरिका स्थित नेपालको राजदुतावासमा आयोजीत भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुभयो भने नेपाली समुदायले आयोजना गरेको अन्तरक्रियालाई पनि संवोधन गर्नु भएको थियो।