अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने एजेण्डा थिएन, भेट्दा पनि भेटिनँ: परराष्ट्रमन्त्री राणा

भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने एजेण्डा थिएन, भेट्दा पनि भेटिनँ: परराष्ट्रमन्त्री राणा


काठमाडौं-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने योजना नै नरहेको बताउनु भएको छ। फागुन २६ गते भारत जानुभएकी मन्त्री राणा आज १२ दिनपछि स्वदेश फर्किनुभएको हो।

आज काठमाडौं स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले आफ्नो भ्रमणको उद्देश्य प्रधानमन्त्रीसँग भेट्ने नरहेकोले भेट नभएको जानकारी दिनुभएको हो।

भ्रमणबारे जानकारी गराउनुहुँदै परराष्ट्रमन्त्री डा राणा काठमाडौँ, ८ चैतः छिमेकी मुलुक भारत भ्रमणबाट शुक्रबार फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार सञ्चारकर्मीलाई भ्रमण

भारतले नेपालको लोकतान्त्रिक प्रकियामा फरक मत नराखेको भन्दै मन्त्री राणाले बाहिर चर्चा भए जस्तो कुनै विरोध नरहेको बताउनु भयो।

मन्त्री राणाले आफ्नो भारत भ्रमणमा भए गरेका कार्यक्रमबारे जानकारी गराउनु भयो। उहाँको भारत भ्रमणलाई नेपाली राजनीतिमा चासोपूर्वक हेरिएको छ। 

मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजामा सहभागी हुनुभएको थियो।