अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको नयाँ नेतृत्वलाई सपथ गराउँदै

प्रेस चौतारीको नयाँ नेतृत्वलाई सपथ गराउँदै


काठमाडौं-नेकपा एमाले निकट श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई सपथ ग्रहण गराउने भएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा २०८१ चैत १० र ११ गते सम्पन्न भएको संगठनको १०औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई एमालेको केन्द्रीय कार्यालय च्यासलमा शपथ ग्रहण गराउने भएको हो।

प्रेस चौतारीको १०औँ महाधिवेशनबाट अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको थियो। यसैगरी उपाध्यक्षमा चेतन अधिकारी, महिला उपाध्यक्षमा कृपा भण्डारी र महासचिवमा हिरामान लामा निर्वाचित हुनुभएको थियो। यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल, संगठन सचिव विष्णु तारुके, अर्थ सचिव प्रदिप आचार्य, प्रचार/प्रशिक्षण विक्रम लुइँटेल र विदेश सचिव नरेश भण्डारीलाई चयन गरिएको थियो।