अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

को हुन् चूडामणि चापागाईँ ?


काठमाडौं-नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त हुनुभएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका पूर्व डेपुटी जनरल म्यानेजर चुडामणि चापागाईं झापाका हुन्।

चापागाईंले सानिमा रिलायन्स लाइफमा पाँच वर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा दिनुभएको थियो। चापागाईंत्यसअघि पाथिभरा विकास बैंक, सनराइज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा काम गरेको अनुभव छ।