अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी (विज्ञापनसहित)

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी (विज्ञापनसहित)


काठमाडौँ-कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ११८ जना कर्मचारीको माग गरेको छ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी माग गरेको हो। 

बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जना माग गरेको छ। 

योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

हेर्नुस् विज्ञापन