अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीसँगको भेटवार्ता फलदायी रह्यो: भारतीय प्रधानमन्त्री मोदी

प्रधानमन्त्री ओलीसँगको भेटवार्ता फलदायी रह्यो: भारतीय प्रधानमन्त्री मोदी


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गर्नुभएको छ। शुक्रबार दुई नेताबीच आज थाइल्यान्डको बैंककमा भेट भएको थियो।

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी प्रधानमन्त्री ओलीसँगको भेटवार्ता फलदायी रहेको बताउनु भएको हो।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेख्नुभएकोछ, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’

भारतीय प्रधानमन्त्री मोदीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको जानकारी गराउनु भएको छ।