अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ दल नेपाली कांग्रेस र एमाले बिचका कुरा संयन्त्रकै बैठकमा राख्नु राम्राे: राजन भट्टराई 

सत्तारुढ दल नेपाली कांग्रेस र एमाले बिचका कुरा संयन्त्रकै बैठकमा राख्नु राम्राे: राजन भट्टराई 


काठमाडौं-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले प्रमुख  दुई सत्तारुढ दल नेपाली कांग्रेस र एमाले बिचका कुरा संयन्त्रकै बैठकमा राख्नु पर्ने बताउनुभएको छ। 

सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय बाहिर राख्ने भन्दा पनि त्यहीँ भित्र राख्नु पर्ने उहाँको धारणा छ। आन्दोलनरत शिक्षकका मागका विषयमा पनि बाहिर कुरा गर्ने भन्दा पनि संयन्त्रमा नै छलफल गर्न उहाँले सुझाव दिनुभएको छ। 

भोली संयन्त्रको बैठक बस्ने जानकारी दिँदै उहाँले सबै विषयको छलफल त्यहीँ भित्र गर्न सुझाउनु भएको छ। ‘भोलि वैशाख ३ गते ५ बजे बस्ने संयन्त्रको बैठकले आन्दोलनरत शिक्षकका मागका बारेमा छलफल गरोस्, सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय त्यहीँ छलफल गर्नु राम्रो हुन्छ’, सुझाव छ।