काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ भएसँगै सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको बताउनु भएको छ।
सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भएको भेट र छलफल पछि सरकार बदलिन्छ भनी गरिएको भ्रामक प्रचार चिरिएको धारणा राख्नुभएको हो।
अबको ध्यान नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ। ‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ, अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ’, महासचिव पोखरेलले लेख्नुभएको छ।
महासचिव पोखरेलले बहस शृङ्खला दुई अन्तर्गत स्वास्थ्य क्षेत्रका मुद्दा पनि समावेश गरेका छन् । यस अघि बहसको पहिलो शृङ्खलामा शिक्षा क्षेत्रका केही विषय उठान गरेका थिए ।
यस्ता छन् उनले उठाएका स्वास्थ्यको बहसका क्षेत्रहरू
१। स्वास्थ्य पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण
२। स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या
३। निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती
स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय
१। योजना अनुरूप पूर्वाधार विकास र सुदृढीकरण
२। स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण ९ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन०
३। स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन ९यसमा सबै अनुदानलाई बिमा कार्यक्रमसँग जोडेर बिमाको दायराको विस्तार । गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क बिमाको सुनिश्चितता०
४। सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार
५। निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य शिक्षा र स्वच्छ आहार विहारको प्रवर्धन
प्रतिक्रिया