अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डको निर्णय


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको बोर्डको बैठकले वैशाख २१ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो। अध्यक्ष शर्माले परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक गर्ने बताउनु भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि यो तयारी भएको हो। यसअघि प्रधानमन्त्री ओलीले बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेसँग परामर्श गर्नुभएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले यस विषयमा आधिकारिक रूपमा सूचना प्रकाशनको तयारी गरेको छ।