अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारी उपप्रमुख सम्मेलनमा सहभागी हुन विराटनगरमा

पूर्वराष्ट्रपति भण्डारी उपप्रमुख सम्मेलनमा सहभागी हुन विराटनगरमा


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर पुग्नुभएको छ। आजदेखि सुरु हुने उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी बिहीबार नै विराटनगर पुग्नुभएको हो।

उक्त सम्मेलनबाहेक, पूर्वराष्ट्रपति भण्डारीले कोशी प्रदेशमा अन्य कार्यक्रमहरूमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

पूर्वराष्ट्रपति भण्डारीको कोशी प्रदेश भ्रमणपछि झापाको बिर्तामोडमा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँ काठमाडौं फर्कनुहुनेछ।

औपचारिक रूपमा दुई वटा कार्यक्रम तय भए पनि अनौपचारिक रूपमा भण्डारी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।