काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री आज (भदौ १ गते) नेपाल (काठमाडौँ) आइपुग्नुभएको छ।
भारतीय वायुसेनाको विमान आईएफसी ३१ मार्फत मिस्री केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हाे ।
भारतले प्रधानमन्त्री ओलीलाई २०८२ भदौ ३१ देखि असोज १ गतेसम्मका लागि आफ्नो देश भ्रमण गर्न प्रस्ताव गरे पनि मिति तय हुन बाँकी छ।
दुई दिनका लागि नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले अब प्रधानमन्त्री ओलीसँग भेटेर आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्।
नेपाल भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँ सोमबार स्वदेश फर्किनु हुने छ।
भ्रमणका क्रममा दुई देशका सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।






प्रतिक्रिया